सेयर बजारमा हरियाली, ५१.३१ अंकले बढ्यो नेप्से, दुई अर्बमाथि कारोबार


 


काठमाडौं, जेठ ९ । सेयर बजारमा मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ५१.३१ अंकले बढेर १९४२.६३ बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्सेमा कुल २७१ कम्पनीको ६० लाख ६७ हजार ४ सय ४३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १० करोड ५ लाख १५ हजार ४ सय ३९ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै मंगलबार सेयर बजारमा कालिका लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा खप्तड लघुवित्त वित्तिय संस्था, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था, सामुदायिक लघुवित्त वित्तिय संस्था, रिभर फल्स पावर र अजोड इन्स्योरेन्सका लगानीकर्ताहरु पनि मालामाल भएका छन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्