छोराछोरीसंग सुतिरहेकी महिला बलात्कृत, एक जना पक्राउ



काठमाडौं, जेठ ११ । प्रहरी वृत सातदोवाटोले बलात्कार आरोपमा काठमाडौंको तार्केश्वर नगरपालिका–५ स्थित गोलढुंगाबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ घर भएर गोलढुंगा बस्ने ३६ वर्षीय आशिष थापा छन् ।

उनले ललितपुर स्थित निजको टहरामा गएर छोराछोरीसंग सुतिरहेकी २८ वर्षीया युवतीलाई बलात्कार गरेको प्रहरी वृत सातदोवाटोले जनाएको छ । पीडितले जेठ ३ मा प्र्रहरी वृत सातदोवाटोमा जाहेरी दिएकी थिइन् ।

आरोपीलाई प्रहरी वृत बालाजुको समन्वयमा पक्राउ गरिएको प्रहरी वृत सातदोवाटोले जनाएको छ । थापाविरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News