यो साता ८१ अंकले बढ्यो नेप्से, कति भयो कारोबार ?
काठमाडौं, जेठ १२ । सेयर बजारमा यो साता नेप्से सूचक ८१.९ अंकले बढ्यो । १८ सय ७७ अंकको विन्दुमाबाट सुरु भएको नेप्से सूचक यो सातामा ८१.८ अंकले बढ्दै १९ सय ५९.१२ अंकको विन्दुमा उक्लिएको छ ।
साथै यो साता ४ अर्ब ८५ करोड ६५ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार भने सार्वजनिक बिदा परेकाले कुनै कारोबार हुन सकेन ।
अद्यपि, अघिल्लो हप्ता पाँचै कारोबार दिन खुलेको बजारमा ४ अर्ब ५३ करोड २६ लाख ८९ हजार ११३ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
यस्तै यो साता मार्केट क्यापिटलाइजेशन (सेयर पुँजीकरण) समेत १ खर्ब १९ अर्ब ३३ करोड ४० लाख रुपैयाँले बढ्दै २८ खर्ब ५८ अर्ब ६ करोड २० लाख रुपैयाँमा पुगेको छ ।