कोशी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदै


 


काठमाडौं, जेठ १४
कोशी प्रदेशसभाको बजेट अधिवेशन आइतबारदेखि सुरु हुँदैछ ।

प्रदेशसभा बैठक आइतबार दिउँसो २ बजे बस्ने भएको हो । गत पुस १७ गते प्रदेशको नामाकरणपछि प्रदेशमा बिरोध भएपछी बैठक स्थगीत भएको थियो । नामारणको बिषयमा असन्तुष्ट पहिचानवादी समुहले गरेको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

हिउँदे अधिबेशनकाबीच पहिचानवादीहरूले आन्दोलनको घोषणा गरेका छन् । आइतबार उनीहरुले वृहत र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन् । गत शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरूले कोशी नाम खारेजको माग गर्दै शनिबार पनि महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । सो आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने जनाएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्