Deshko News
१५ मंसिर २०८०, शुक्रबार

आर्थिक वृद्धि २.१६ प्रतिशत हुने प्रक्षेपण


 


काठमाडौं, जेठ १४ । चालु आर्थिक वर्ष २०७९/८० मा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन्।

केही समयअघि केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले दोस्रो त्रैमासमा आर्थिक वृद्धि १.१ प्रतिशतले ऋणात्मक भएको देखाएको थियो।

विभागले यो आर्थिक वर्ष २.१६ प्रतिशत आर्थिक वृद्धि हुने समेत बताएको थियो। विश्व बैंकले नेपालको यो वर्ष ४.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोषले ४.४ प्रतिशतको वृद्धि हासिल हुने उल्लेख गरेको छ।

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्