दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो


 


काठमाडौं, जेठ १४ । साताको पहिलो दिन आज (आइतबार) शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७.३८ अङ्कले घटेर एक हजार ९ सय ४१.७४ विन्दुमा झरेको छ ।

आज उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ७० वटा कम्पनीको ७० लाख ५० हजार कित्ता शेयर दुई अर्ब ६३ करोड ९६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २१ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज हिमालयन ऊर्जा विकास कम्पनीको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशत तथा न्यादी हाइड्रो र नयाँ साथी लघुवित्त कम्पनीको शेयर पाँच प्रतिशतले ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै युनियन इन्सुरेन्स कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्