करका दर परिवर्तन गर्ने काममा बाह्य मान्छेको संलग्नता : महत


 


काठमाडौं, जेठ २३ । अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणका क्रममा करका दर परिवर्तन गर्ने क्रममा बाहिरका मान्छेको संलग्नता नरहेको बताएका छन् ।

प्रमुख प्रतिपक्षी एमाले सहितका दलहरूले करका दर परिवर्तन र निर्धारण गर्ने क्रममा अनधिकृत व्यक्तिहरूलाई प्रवेश गराएको भन्दै संसद्मा प्रश्न उठाएपछि संसदमा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

यस विषयमा एमाले, रास्वपा र राप्रपाले संसदीय छानबिन समिति गठनको माग पनि गरेका थिए । पूर्वनासु रामकृष्ण श्रेष्ठलाई आफूभन्दा अगाडिकै अर्थमन्त्रीले नियुक्त गरेको महतको भनाइ थियो । प्रकाशशरणभन्दा अगाडि अर्थमन्त्री एमाले उपाध्यक्षसमेत रहेका सांसद विष्णु पौडेल थिए ।

यसअघि नै निर्णय गरेर नियुक्त गरेर राखेका कर्मचारीलाई बजेट निर्माणका क्रममा संलग्न गराइएको पनि अर्थमन्त्री महतले बताए ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्