सरकार छोडिन्छ, यथास्थितिमा बजेट पास गर्न दिँदैनौं : एकीकृत समाजवादी


 


काठमाडौं, जेठ २६ । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)ले गत जेठ १५ मा सार्वजनिक भएको बजेट यथास्थितिमा पास गर्न नदिने बताएको छ ।

समाजवादी प्रेस संगठनको महाधिवेशनमा सम्बोधनमा क्रममा नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बरु सरकार छाड्नुपरे आफूहरू छाड्न तयार रहेको तर यथास्थितिमा पास गर्न नदिने बताएका हुन्।

यही जेठ १५ गते बजेट बिनियोजनका क्रममा सरकारले आफूहरूको जिम्मेवारीमाथि नै हस्तक्षेप गरी तीन जिल्ला डडेलधुरा, गोरखा र नुवाकोटमा मात्र केन्द्रित भएको समाजवादीको आरोप छ।

यसअघि पनि पार्टीका अध्यक्ष माधव नेपालले बुधबार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बजेट तीन जिल्लामा मात्र केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताएका थिए।

प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्