शेरबहादुर र शेखर एकै मञ्चमा !


 


चितवन, जेठ २६ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र इतर पक्षका नेता शेखर कोइराला चितवन पुगेका छन्।

नेपाल डेमोक्रयाटिक लयर एसोसिएसन (डिएलए नेपाल)को ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न नेताहरु चितवन पुगेका हुन्।

महाधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने गर्नेछ। नेतृत्वका लागि काङ्ग्रेसका दुई पक्षबीच प्रतिष्पर्धा हुँदै छ । अध्यक्षका लागि सिताराम केसी र लक्ष्मीदेवी रावल प्रतिष्पर्धामा छन्।

रावल सभापति देउवा निकट हुन् भने केसी कोइराला निकट हुन्। महाधिवेशनमा देशभर ८८ इकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार वकिलमध्येबाट १ हजार ४०१ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने छन्।

प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्