नागरिकता विधेयकबारे आज सर्वोच्चमा सुनुवाई हुँदै


 


काठमाडौं, जेठ २६ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकबारे आज सवोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

उक्त विधेयकको पेसी न्यायाधीश प्रकाशमान सिंह राउत र शुष्मलता माथेमाको इजलासमा तोकिएको छ ।

वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्चले यही जेठ २१ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चमा आज हुने सुनुवाइले नागरिकता ऐनको भविष्य निर्धारण हुनेछ । सर्वोच्चको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएमा नागरिकता वितरणको कार्य तत्कालका लागि रोकिनेछ । यस्तै, यसअघि जारी भएको अल्पकालीन आदेश खारेज गरेमा नागरिकता वितरणको बाटो खुल्नेछ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक जेठ १७ गते राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका थिए ।

प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्