बलात्कार आरोपमा उच्च अदालत वीरगन्जका अधिकृत पक्राउ


 


काठमाडौं, जेठ २८
उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल बलात्कार आरोपमा पक्राउ परेका छन् ।

२२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

राति किशोरीको घरमा नै गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा अधिकृत प्याकुरेललाई पक्राउ गरेको प्रहरीको भनाइ छ । प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्