कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


 


कालीकोट, जेठ २८
कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।​

जिल्लाको शुभकालीका गाउँपालिका-६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडीबाट शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा चालक शुभकालीका-२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका-८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले-३ का २५ वर्षीय गोपाल सलामी मगरको रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्