इटालीका पूर्व प्रधानमन्त्रीको निधन


 


एजेन्सी । इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन भएको छ ।

इटालीका मिडियाका अनुसार उनको मिलानस्थित राफेलो अस्पतालमा ८६ वर्षको उमेरमा निधन भएको हो । अप्रिलमा उनको फोक्सोको सङ्क्रमणका लागि उपचार गरिएको थियो ।

बर्लुस्कोनी पहिलो पटक सन् १९९४ मा कार्यालय आए र सन् २०११ सम्म चार वटा सरकारको नेतृत्व गरे । उनी यौन काण्ड र भ्रष्टाचारमा पनि मुछिएका थिए ।

प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्