मेडिकल विश्वविद्यालयको माग : प्रदेशसभा घेराउ, मुलगेटमा धर्ना


 


धनगढी, जेठ २९ । कैलालीको गेटामा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिम प्रदेशसभा सचिवालय घेराउ गरिएको छ।

विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलित भएको संघर्ष समितिले सोमबार दिउँसो प्रदेशसभाको मूल गेट अगाडि धर्ना दिँदै घेराउ गरेका हुन्।

रदेशसभा घेराउ गरिएपछि दिउँसो ३ बजे बस्ने बैठकमा सहभागी हुने प्रदेशसभा सदस्यहरू पछाडिको गेटबाट सभा परिसरमा पुगेका छन्।

सरकारले बजेट ल्याएको पछिल्लो दिनदेखि सुदूरपश्चिममा जारी आन्दोलन झन चर्किँदैछ ।

प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्