पर्खाल फोरेर भागेका थुनुवा चार महिनापछि पक्राउ


 


बर्दिबास, जेठ ३० । धनुषा प्रहरीको पर्खाल फोरेर फरार भएका ६ मध्ये एक थुनुवालाई घट्नाको करिब ४ महिनापछि महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले धनुषाको क्षिरेश्वर नपा २ रम दैयाका २५ वर्षीय थुनुवा रोशन यादवलाई नियन्त्रणमा लिएको हो । प्रहरीले फरार यादवलाई औरही नपा १ स्थित उनको दिदीको घरमा लुकीछिपी बस्दै गरेको अवस्थामा सोमवार नियन्त्रणमा लिएको जनाएको छ ।

जनकपुरस्थित मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार गत माघ १६ गते बिहान साढे ३ बजेतिर धनुषा स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको पर्खाल फोरेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । फरार मध्ये ५ जनालाई प्रहरीले पटक पटक गरी पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्