भारतमा विनासकारी हावाहुरी, उत्तर–पश्चिमतर्फ सर्दै

एजेन्सी । छिमेकी देश भारमा हावाहुरीले विनास मच्चाइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हावाहुरी ८ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–पश्चिमतर्फ सरिरहेको छ ।
मङ्गलबार बिहान साढे ५ बजे आएको हावाहुरी पोरबन्दरबाट ३०० किलोमिटर, द्वारकाबाट २९० किलोमिटर, जाखाउ बन्दरगाहबाट ३४० किलोमिटर, नलियाबाट ३५० किलोमिटर टाढा थियो ।
मौसम विज्ञान विभागका अनुसार चक्रवात असार १४ गते बिहानसम्म उत्तरतर्फ सर्ने र त्यसपछि पुनकर्भित भएर उत्तर–उत्तर पूर्व दिशामा सर्ने सम्भावना रहेको छ ।
एमडीका अनुसार, कच्छ, द्वारका, पोरबन्दर, जामनगर, राजकोट, जुनागढ र मोरबी जिल्लाका पृथक भागहरूमा जुन १४–१५ सम्म भारी वर्षाको चेतावनी जारी गरिएको छ। जुन १४ को तुलनामा १५ जुनमा बढी वर्षा हुने अनुमान गरिएको छ ।
हावाहुरी आगामी चार दिन पनि जारी रहने छ । यसको सबैभन्दा बढी असर सौराष्ट्र–कच्छ क्षेत्रमा पर्नेछ । माछा मार्नेहरूलाई असार १६ सम्म समुन्द्रमा नजान आग्रह गरिएको छ ।
गुजरातमा १४ जुनका लागि ओरेन्ज अलर्ट र १५ जुनका लागि रेड अलर्ट जारी गरिएको छ। अर्कोतर्फ, कच्छ सौराष्ट्रमा मंगलबारदेखि समुद्री तटबाट १० किलोमिटर भित्रका गाउँका करिब २३ हजार मानिसहरूलाई आश्रय गृहमा लैजान ठूलो अभियान चलाइनेछ।
प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलबार