आँधीका कारण भारतको गुजरात र महाराष्ट्रमा पाँच जनाको मृत्यु


 


नयाँदिल्ली । आँधीका कारण भारतको गुजरात र महाराष्ट्रमा पाँच जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये, भुजमा दुई बालबालिका थिए ।

पर्खाल भत्किँदा राजकोटमा एक महिलामाथि रूख खसेको थियो। त्यही क्रममा मुम्बईको जुहु बिचमा घुम्न गएका पाँचमध्ये चारजना केटाको समुन्द्रमा डुबेर मृत्यु भएको थियो । तीमध्ये दुई जनाको शव फेला परेको छ ।

आँधीको अवस्थालाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार आपतकालीन बैठक बोलाएका थिए । जसमा गृह मन्त्रालय, एनडीआरएफ र सेनाका अधिकारीहरू उपस्थित थिए।

प्रधानमन्त्रीले जोखिमपूर्ण स्थानबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । उनले कन्ट्रोल रुम २४सै घण्टा खुल्ला राखी स्थितिमा नियाल्नुपर्ने बताए ।

प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्