चामलको बोरा बोकेका युवक तिला नदीमा खसेर बेपत्ता


 


जुम्ला, जेठ ३० । जुम्लाको तिलामा चामलको बोरा बोकेर घर गइरहेका युवक पुलबाट खसेर नदीमा बेपत्ता भएका छन् ।

तिला गाउँपालिका १ स्थित रारा बजारमा तिला नदीमा निर्मित अस्थायी पुलबाट आज बिहान ६ बजेतिर खसेर सो गाउँपालिका ६ का अन्दाजी १७ वर्षका मोहन रोकाया बेपत्ता भएका हुन् ।

उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

तिला १ रारासेरी बजारबाट चामलको बोरा लिएर घरजाने क्रममा अस्थायी पुलबाट चिप्लिएर नदीमा खसेको खबर प्राप्त भएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।

तिला नदीको पानी धमिलो भएकाले खोज्न समस्या भइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्