संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना पक्राउ


 


काठमाडौं, जेठ ३१ । संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका ऐन पारित गर्न माग गर्दै बुधबार नेपाल विद्यार्थी संघ आवद्ध त्रिचन्द्र क्याम्पससहित उपत्यकाका विभिन्‍न क्याम्पसका नेविसंघ आवद्ध विद्यार्थीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोविन्द कोइराला, सजन तामाङ, जेनिस काफ्ले, राजन रोकाया, गगन राज गजुरेल, सुदिप शाह, मन्दिप शाह, उत्सव सुवेदी, मौसम न्यौपाने, रबिन तिवारी, गणेश सार्की, रबिन कार्कीलगायत छन् ।

पक्राउ परेका उनीहरुलाई वानेश्वर प्रहरी वृतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्