सुनको मूल्य आज पनि घट्यो


 


काठमाडौं, जेठ ३२ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो अघिल्लो दिनको तुलनामा ९ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्