Deshko News
१३ आश्विन २०८०, शनिबार

बैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ



काठमाडौं, जेठ ३२ । मुख्यसचिवबाट राजीनामा दिएका शंकर दास बैरागीले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैरागीलाई सपथ खुवाएका हुन् ।

सरकारको मन्त्रिपरिषद्को बैठकले बिहीबार नै बैरागीलाई सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको थियो । यसअघि बैठकले मुख्यसचिव बैरागीले दिएको राजीनामा समेत स्वीकृत गरेको थियो ।

राजीनामा स्वीकृत भएसँगै उनले नयाँ जिम्मेवारी पाएका हुन् । बैरागीको स्थानमा बैकुण्ठ अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरिएको छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News