भोजपुरमा खोलाले बगाउँदा सव-इन्जिनियरको मृत्यु


 


भोजपुर, जेठ ३२ । खोलाले बगाउँदा भोजपुरमा एक जना सव–इन्जिनियरको मृत्यु भएको छ ।

जिल्लाको टेम्मेमैयुङ गाउँपालिका वडा नम्बर ९ मा पर्ने राउने खोलाले बुधवार राति सव–इन्जिनियर मन्दिप राईलाई बगाएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

टेम्केमैयुङ गाउँपालिकामा कार्यरत सव–इन्जिनियर राईलाई बाढीले पुल निर्माण भइरहेको स्थानमा रहेको जेसिवि र पुलको जग बगाउन थालेपछि जोगाउने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।

जेसिवि चालक भने हाम फालेर बाच्च सफल भएको प्रहरीको भनाई छ । सव–इन्जिनियर राई भने हाम फाल्ने क्रममा खोलाको भंगालेमा परेपछि बगाएको प्रत्यक्षदर्शीको भनाई छ । राईको शव करिब तीन किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्