मगर समुदायले भुम्या पर्व मनाउँदै, तीन जिल्लामा सार्वजनिक विदा


 


काठमाडौं, असार १ । मगर सुमदायले आज (शुक्रबार) भुम्या पर्व मनाउँदै छ। भुम्याको अवसरमा आज मगर समुदायको बाहुल्य रहेका गाउँ तथा शहरमा विभिन्न कार्यक्रम गरिँदैछ।

भुम्या पर्वमा मगर समुदायले भूमिलाई देवताको रूपमा पुज्ने गर्छन् । यो पर्वमा भूमिको पूजा गरे प्राकृतिक विपत्तिबाट बच्न सकिने जनविश्वास छ।

भुम्या पर्व पूजापाठ तथा नाँचगान गरी मनाइन्छ। भुम्या थानमा देवतालाई बली दिएर पूजा गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाँच नाच्ने चलन पनि छ।

भुम्याको अवसरमा नेपाल मगर संघलगायतले पनि विभिन्न कार्यक्रम गर्दैछन् । लुम्बिनी सरकारले भूम्या पर्वको अवसरमा रुकुम पूर्व, रोल्पा र दाङमा सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्