प्रमुख निर्वाचन आयुक्त थपलियालाई मातृशोक


 


काठमाडौं, असार १ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ।

प्रमुख निर्वाचन आयुक्त थपलियाकी आमा डम्बरकुमारीको ९० वर्षको उमेरमा कपनस्थित निवासमा आज (शुक्रबार) बिहान निधन भएको परिवारिक स्रोतले जनाएको छ।

दिवंगत थपलियाको अन्त्येष्टि ११ बजे पशुपतिस्थित आर्यघाटमा गरिने बताइएको छ। उनका चार छोरा र तीन छोरी छन्।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्