प्रधानन्यायाधीशमा नियुक्त कार्कीले लिए शपथ


 


काठमाडौं, असार १ । प्रधानन्यायाधीशमा नियुक्त हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले आज (शुक्रबार) राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिएका हुन् ।

संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज नै कार्कीको नाम प्रधानन्यायधीशमा अनुमोदन गरेको थियो ।

आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्