स्याङ्जामा धारिलो हतियार प्रयोग गरी बालकको हत्या


 


स्याङ्जा, असार २ । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा एक बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।

अर्जुन चौपारीको वडा नं ६ सिउँडबारी बस्ने १० वर्षीय बालक हर्षित देवकोटाको शुक्रबार राति धारिलो हतियार हसिया प्रयोग गरी हत्या गरिएको हो ।

हत्यामा संलग्न २२ वर्षीय सुजन सुवेदीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले स्याङ्जा बजारको सहिदचोकबाट पक्राउ गरेको छ।

उनले हत्या के कारणले गरेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रकाशित मिति: २ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्