राजनीतिक जीवनमा कुनै झुट बोलेको छैन : ओली


 


काठमाडौं, असार २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले विपक्षीलाई सही आरोप लगाउँदै रिस उठ्ने गरेको बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले विपक्षीहरुमाथि एमालेले लगाएको आरोप पनि सही आरोपमात्र रहेको दाबी गरे ।

ओली आफ्नो ५६ वर्षको राजनीतिक जीवनमा कुनै कुरा पनि झुटो नबोलेको दाबी गरे ।

प्रकाशित मिति: २ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्