सुनको मूल्य आज पनि बढ्यो


 


काठमाडौं, असार ३ । नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला एक हजार चार सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्