ओलीसंग वामदेवको ‘बार्गेनिङ’– दोस्रो वरीयता माग्दै राखे यस्ता शर्त


 


काठमाडौं, असार ३ । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमालेमा आउन ओलीसंग बार्गेनिङ गर्न सुरु गरेका छन् ।
गौतमले एमालेमा समाहित हुँदा अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयता मागेका छन् ।

आइतबार एमाले पार्टी कार्यालय च्यासलमा भएको भेटवार्तामा आफू एमालेमा समाहित हुन तयार रहेको तर आफूसहित नेता कार्यकर्ताको उचित व्यवस्थापन हुनुपर्ने सर्त उनले राखेका छन् ।

उनले आफू अझै पनि अध्यक्षपछिको दोस्रो वरीयतामा हुनुपर्ने माग गरेका छन् । गौतमको सर्तमा ओली सकारात्मक रहेको भन्दै त्यसबारे पार्टी बैठकमा छलफल गरेर निर्णय गर्न सकिने बताएका छन् ।

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्