वकिललाई भेट्न गएकी मञ्जु १० दिनदेखि बेपत्ता


 


कैलाली, असार ३ । कैलालीमा कानुन व्यवसायी भेट्न गएकी महिला १० दिनसम्म बेपत्ता भएकी छन् ।

लम्कीचुहा नगरपालिका वडा नम्बर ४, भल्काकी ३२ वर्षीया मन्जु रावल (कार्की) १० दिनदेखि बेपत्ता भएकी हुन् । उनी बेपत्ता भएपछि घरमा रुवाबासी भएको छ ।

मञ्जु गत जेठ २५ गते आफूलाई वकिल बताउने व्यक्तिले मुद्दामा पैरवी गरिदिन्छु भन्दै आफूलाई मसुरिया भेट्न बोलाएको छोरालाई जानकारी गराएर घरबाट निस्केको बताइन्छ ।

तर, वकिलसँगको भेटपछि उनी सम्पर्कमा आएकी छैनन् । परिवारले खोजीमा सहयोग गरिदिन अनुरोध गर्दै फेला पार्नेले फोन नम्बर ९८४८१२०२०१ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्