एमालेमा फर्किनका लागि बामदेवले राखे ओली सामू १२ बुँदे सर्त


 


काठमाडौं, असार ४ । नेकपा एमालेमा फर्किन लागेको बामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली सामू १२ बुँदे शर्त राखेका छन् ।
नेकपा विभाजनपछि नेकपा एकता अभियान चलाइरहेका गौतम केही शर्त अघि सारेर एमालेमा पर्किन लागेका हुन् ।

उनले राखेका शर्तमा कृषिमा आधुनिक प्रणाली, सामूहिक खेतीदेखि नेता–कार्यकर्ताले पालना गर्नुपर्ने नीति नियमलगायतका विषयहरु समेटिएका छन् ।

गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर यस विषयमा छलफल गरेका छन्। नेकपा ब्युँताउने प्रयास सफल नभएपछि उनी आफैं एमालेमा फर्किन लागेका हुन्।

प्रकाशित मिति: ४ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्