थपिँदैछ नेपालमा वैदेशिक ऋण, हालसम्म कति पुग्यो ?


 


काठमाडौं, असार ६ । सार्वजनिक ऋण व्यवस्थापन केन्द्रका अनुसार नेपाललाई हालसम्म ऋण २१ खर्ब ७३ अर्ब २४ करोड रूपैयाँ पुगेको छ। यो वर्ष मात्रै थप तीन खर्ब ऋण थपिएको छ ।

तिर्न बाँकी सार्वजनिक ऋणमध्ये दस खर्ब ९९ अर्ब ७२ करोड रूपैयाँ आन्तरिक ऋण छ। त्यस्तै दस खर्ब ७३ अर्ब ५२ करोड रूपैयाँ बाह्य ऋण छ।

विगतका भन्दा यसपटक आन्तरिक ऋणको भार बढी पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमिराज शर्माले बताए ।

जेठ महिनामा मात्रै ४३ अर्ब ८३ करोड रूपैयाँ सार्वजनिक ऋण थपिएको छ। जसमा ४० अर्ब ६८ करोड आन्तरिक र तीन अर्ब १४ करोड रूपैयाँ मात्रै बाह्य ऋण उठाइएको छ।

गत साउनदेखि जेठसम्ममा तीन खर्ब रूपैयाँभन्दा बढी ऋण थपिएको छ। जसमा दुई खर्ब २० अर्ब ३८ करोड आन्तरिक ऋण उठाइएको छ भने ७९ अर्ब ६७ करोड रूपैयाँ मात्रै बाह्य ऋण उठाइएको छ।

११ महिनामा उठाइएको तीन खर्ब ६ करोड सार्वजनिक ऋणमध्ये करिब २२ प्रतिशत रकम ब्याज भुक्तानीमा सकिएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्