लागुऔषधसहित २ जना पक्राउ


 


मोरङ, असार ६ । मोरङको रतुवामाई नगरपालिका ६ शनिश्चरेबाट औषधिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार अपरान्ह साढे ५ बजे ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री मोरङ मिक्लाजुङ गाउँपालिका ७ का १९ वर्षीय प्रबिन महल्दार सार्की र मिक्लाजुङ ६ का २१ वर्षीय केशव केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट नाईट्रोभेट १ सय ६८ पिस र १ सय ६० पिस फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्