एक अर्ब ७५ करोड घुस रकमसहित पक्राउ परेका दुईजनाविरुद्ध मुद्दा दायर


 


काठमाडौं, असार १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा पक्राउ परेका दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले काठमाडौंको नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले उनीहरूलाई रु एक अर्ब ७५ करोड बराबरको घुस रकमसहित पक्राउ गरेको थियो ।

आरोपीद्वयलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रकाशित मिति: १७ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्