सुनचाँदीको गरगहना डकैती गरी फरार दुई जना पक्राउ


 


महोत्तरी, असार १८ । महोत्तरी प्रहरीले सुनचाँदी पसलबाट गरगहना डकैती गरि फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रौतहट फतुवा बिजयपुर नगरपालिका(११ का अर्जुन चौधरी र साविर देवानलाई लाखौं मूल्य बराबरको सुनको गरगहनासहित पक्राउ गरेको हो ।

गत असार १० गते रातिको समयमा बर्दिबास नगरपालिका–१ मा संचालित श्री हरी ज्वेलर्स सुन चाँदी पसलबाट लुटिएको १५ लाख २० हजार र सोही नगरपालिका–१४ मा संचालित न्यू ओम साई ज्वेलर्सबाट ३७ लाख ३६ हजार मूल्य बराबरको गरगहनासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेकाहरूले दिएको बयानअनुसार प्रहरीले खोजतलास गर्ने क्रममा रौतहटको गुजरा नगरपालिकामा पर्ने चोचा जंगलभित्र जमिनमुनि गाडिएको अवस्थामा सो फलामको गहना राखेको लकर बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए।

सवारीसहित प्रहरीको नियन्त्रणमा रहेको उनीहरुमाथि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाएको डीएसपी गिरीले बताए ।

प्रकाशित मिति: १८ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्