कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, वैशाख २३ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

गत शुक्रबार प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

आज सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने सामान्य घटेको छ ।

चाँदी आज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्