अटो दुर्घटनामा चालकको मृत्यु


 


उदयपुर, असार १८ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हिजो (आइतबार) राति नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह ३६२२ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–१२ बस्ने १८ वर्षीय मोहमत रूस्तमको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा अटोमा सवार अन्य १ जना घाइते भएका छन् । उनको विराटनगर नर्सिङ होममा उपचार भइरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्