दुई पटकभन्दा बढी समानुपातिक सांसद बन्न नपाइने !


 


काठमाडौं, असार १८ । निर्वाचन आयोगले दुई पटकभन्दा बढी समानुपातिक सांसद बन्न नपाइने प्रस्ताव गरेको छ।

आयोगले बनाएको निर्वाचन सम्बन्धी एकीकृत कानूनको मस्यौदामा समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद बनिसकेका व्यक्तिले पुनः समानुपातिकबाट उम्मेदवार बन्न नपाउने व्यवस्था गर्न प्रस्ताव गरेको हो।

यस्तै, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उमेदवारी दिँदा दलहरूले ३३ प्रतिशत महिला उम्मेद्‍वार अनिवार्य उठाउनुपर्ने व्यवस्था गरिने प्रस्तावपनि ल्याएको छ।

प्रकाशित मिति: १८ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्