सुनको मूल्य चार सय रुपैयाँले बढ्यो


 


काठमाडौं, असार १९ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ पुगेको छ । सुनको मूल्य हिजो प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको जनाएको छ ।

प्रकाशित मिति: १९ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्