आईएमईपे, खल्ती र प्रभुपे पनि नेपालपे क्युआरमा आबद्ध


 


काठमाडौं, असार २५ । नेपालका अग्रणी डिजिटल वालेट आईएमईपे, खल्ती र प्रभुपे पनि नेपालपे क्युआरमा आवद्ध भएका छन् ।

यससँगै अब ग्राहकहरुले यी वालेटहरु प्रयोग गरी नेपालपे क्युआरको मर्चेन्टमा क्युआर स्क्यान गरी भुक्तानी गर्न गर्न सक्ने भएका छन् ।

नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान, आईएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी, स्प्यारो पे (खल्ती) का प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा प्रभुपेका अपरेसन्स तथा फाइनान्स हेड, रवि सिग्देल लगायत बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधिको उपस्थितिमा आज काठमाडौंमा एक औपचारिक कार्यक्रममा संयुक्त रुपमा यी सेवाहरू सार्वजनिक भएको घोषणा गरिएको हो ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्युआर सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति: २५ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्