भोजपुरमा मृग भनेर हानेको गोली साथीलाई लागेपछि…


 


भोजपुर, असार २५ । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हानेको गोली साथीलाई लाग्दा उनको ज्यान गएको छ । गोली लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । घटना यही असार २२ गते रातिको भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोली लागेर मृत्यु भएका साथीको शव उनीहरुले खोलाको बगरमा पुरेका थिए ।

मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा आइतबार राति उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ ।

मृतकका आफन्तले यही असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएको हो।

प्रकाशित मिति: २५ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्