चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा


 


काठमाडौं, साउन ७ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को उच्च स्तरीय टोली आज नेपाल आइपुगेको छ ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को निमन्त्रणामा पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान च्याच्युन नेतृत्वको टोली आज नेपाल आएको हो ।

चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आएको हो । च्याच्युन २५ सदस्यीय टोलीसहित महत्वपूर्ण राजनीतिक भेटवार्ताका लागि नेपाल आएका हुन् ।

दक्षिण एसियाका मुलुकहरुको भ्रमणमा रहेका उनी श्रीलंकाको भ्रमण सकेर सिंगापुर र श्रीलंका हुँदै नेपाल आएका हुन् । नेकपा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको दिन आज छिमेकी मित्रराष्ट्र जनगणतन्त्र चीनका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य युयान च्याच्यु नेपाल आएका हुन् ।

अब युआनले माओवादीका उपाध्यक्ष तथा गृहमन्त्री समेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पार्टीका अन्य नेताहरुसग भेटवार्ता गर्नेछन् ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत विभिन्न पार्टीका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाल–चीन सम्बन्धमा यो भ्रमणले विशेष महत्व राख्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्