खोलामा नुहाउन जाँदा विभिन्न ठाउँमा डुबेर ६ जनाको मृत्यु


 


काठमाडौं, साउन ७ । देशका विभिन्न स्थानमा डुबेर ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार रुपन्देही, दाङ, बर्दिया, कैलाली र कास्कीमा गरि डबुेर ६ जनाको मृत्यु भएको हो ।

रुपन्देहीको सियारी गाउँपालिका–१ सोनारेटस्थित तिनाउखोलामा पौडी खेल्ने क्रममा डुबेर तिलोत्तमा नगरपालिका–१५ मधवलिया बस्ने भिम नारायण थारुको छोरा ११ वर्षीय अमन थारुको शनिबार दिउँसो मृत्यु भएको छ ।

यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका–१ गणेश मन्दीरस्थित तिनाउ खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ डेरा गरी बस्ने रुकुम (पुर्वी) भूमी गाउँपालिका काँडागाउँ घर भएका ३९ वर्षिय जगेन्द्र बुढामगरको शनिबार साँझ मृत्यु भएको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा बस्ने ८ वर्षीया यमुना सापकोटाको सोही ठाउँस्थित काडा नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–६ बस्ने ६० वर्षीय बिरे कठायतको सोही ठाउँस्थित नाला तर्ने क्रममा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका–१७ पावरहाउस नजिक फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर सोही महानगरपालिका–८ बस्ने १६ वर्षीय विवेक कुँवरको शनिबार साँझ मृत्यु भएको छ ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–७ ज्ञानज्योती टोल डेरा गरी बस्ने रुकुम आठबिसकोट नगरपालिका–५ घर भएका दल बहादुर बुढाको छोरा ६ वर्षिय निर्माण बुढाको सोही ठाउँस्थित ग्वारखोलामा सिचाईको बाँधमा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।

खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै डुबेर अशक्त भएका मृतकका आफ्नै दाइ १२ वर्षीय बिश्वास बुढाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्