नहरमा बग्दै गरेको अवस्थामा शव भेटियो


 


कञ्चनपुर, साउन ७ । कञ्चनपुरको गड्डाचौकीस्थित महाकाली सिँचाइको नहरमा एक शव भेटिएको छ । नहरमा बग्दै गरेको अवस्थामा शव भेटिएको हो ।

स्थानीयले शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । शव पहिचान गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

प्रकाशित मिति: ७ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्