भरुवा बन्दुकसहित दुई जना पक्राउ


 


काठमाडौं, साउन ७ । सुर्खेतको वीरेन्द्रनगरबाट भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–१४ राम्चे बस्ने ४० वर्षीय गोविन्द दर्लामीलाई अवैध भरुवा बन्दुक १ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घरबाट भरुवा बन्दुक फेला पारेलाई उनलाई पक्राउ गरेको जनाएको छ ।

यस्तै, कैलालीको कैलारी गाउँपालिका–६ खरुवाखेडा बस्ने ५२ वर्षीय नारायण प्रसाद चौधरीलाई भरुवा बन्दुक १ थान, भरुवा बन्दुकमा प्रयोग हुने ६६ पिस फलामको छर्रा, बारुद ४ डिब्बा र सिसाका टुक्राहरू १० पिससहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्