नारायणगढ–मुग्लिन सडक खुल्यो


 


काठमाडौं, साउन १४ । पहिरोका कारण अबरूद्ध नारायणगढ–मुग्लिन सडक खुलेको छ।

आइतबार बिहान इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोला र ५ किलोमा पहिरो खसेपछि यातायात अबरूद्ध थियो।

पहिरो हटाएपछि आज अपराह्नदेखि सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

प्रकाशित मिति: १४ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्