माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने


 


काठमाडौं, साउन १५ । नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ ।

पार्टीले यही साउन १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बताए ।

बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णतया लाइभ गर्ने निर्णय गरेको उनले बताए ।

आम पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि हाम्रो बैठकबारे जानकारी पाउन सहज हुन्छ भन्ने उद्देश्यले पार्टीको बैठक लाइभ गर्न लागिएको उनको भनाइ छ ।

यसअघि नेपाली कांग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।

प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्