कोशीका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ


 


विराटनगर, साउन १७ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बुधबार) साँझ प्रदेश प्रमुख परशुराम खापुङले थापालाई शपथ गराएका हुन् ।

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो ।

मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थन पनि लिएर थापा मुख्यमन्त्री भएका थिए ।

प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्