ह्युण्डाई मोटरको टेस्ट ड्राइभ सम्पन्न


 


परासी । नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न भएको छ ।

ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. को मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी) ले आफ्नो भव्य उद्घाटनको दोस्रो दिन टेस्ट ड्राइभ कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा संचारकर्मीहरुलाई प्लान्टको भ्रमण गराउनुका साथै प्राविधिकहरुद्वारा एसेम्बली प्रक्रिया सम्बन्धि सम्पूर्ण जानकारी गराइएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपस्थितिमा उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको थियो ।

लक्ष्मी मोटरले ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्