डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुग्यो, सात जनाको मृत्यु


 


काठमाडौं, साउन २२ । देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।

गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यसअवधिमा सातजना डेंगु संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ । यसवर्ष नेपालमा डेंगुका चारवटै सेरोटाइप देखिएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्